मंगलवार, १७ असार २०८२ ०४:४२

रोहिणीको सेमरहवा पार्कमा विभिन्न जातका ३ सय बिरुवा रोपियो

शनिबार, २३ आश्विन २०७८ ०५:०३

असोज २३, हेल्लो नेपाल ।
रुपन्देहीको  रोहिणी गाउँ पालिका -४, सेमरहवामा रहेको सेमरहवा सामुदायिक पार्कमा वृक्षरोपण गरिएको छ । नेपाली सेना ,रोहिणी गाउँ पालिका,युनिभर्सल फर्मा सोसाइटी , लायन्स क्लब रोहिणीको संयुक्त आयोजनामा विभिन्न जातका ३ सय बिरुवा रोपिएको हो ।

वृक्षरोपण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले पर्यावरण सन्तुलन राख्न वृक्ष  रोपणको काम महत्त्वपूर्ण रहने बताउनु भयो ।

बिरुवा रोप्ने मात्रै होइन , रोपेको विरुवाको संरक्षण गर्न पनि सवैले ध्यान दिनु पर्दछ भन्दै उहाँले वृक्ष रोपण गर्ने व्यक्ती र संघ संस्थाले विरुवाको उचित रेखदेख गर्न आग्रह गर्नु भयो ।

पछिल्लो समय बिरुवा रोप्ने मात्रै होइन , रोपेका बिरुवा संरक्षणको जिम्मा लिने समेत प्रचलनको विकास भएको बताउँदै विश्वकर्माले सेमरहवा पार्कमा रोपिएका विरुवाको रेखदेखमा सम्बन्धित संस्थाले ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

राष्ट्र सुरक्षामा खटिने नेपाली सेना तथा विभिन्न सामाजिक संघसंस्थाले आयोजना गर्ने यस्ता सामुहिक कार्यले समाजको सामाजिक सम्बन्धलाई मजबुत बनाउने धारणा राख्दै पुर्वमन्त्री विश्वकर्माले यस्ता कामको निरन्तरताका लागि आग्रह गर्नु भएको थियो ।

सामुदायिक पार्कका अध्यक्ष अजय रौनियारको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा रोहिणी गाउँ पालिकाका अध्यक्ष सनोज यादव, नेपाली सेना काली भक्ती गण भैरहवाका प्रमुख सेनानी प्रकाश खडका, युसिएमएस भैरहवाका संयोजक तेज केसी,नेकपा एमालेका जिल्ला सचिवालय सदस्य ऋषिराम सापकोटा , जिल्ला वार रुपन्देहीका पुर्व अध्यक्ष नरसिंह चौधरी ,लायन्स क्लब रोहिणीका अध्यक्ष देवेन्द्र यादव,खगेन्द्र पाण्डे  लगायतको सहभागिता रहेको थियो ।

Gagal mengambil konten.