लियो क्लबको आयोजनामा, देवदह म्याराथन प्रतियोगिता हुने

पुष–२५, हेल्लो नेपाल ।
रुपन्देहीको देवदहमा देवदह म्याराथन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ लर्ड बुद्धले यही माघ १४ गते देवदह म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
क्लवले देवदहमा सोमबार पत्रकार सम्मेलन गरी देवदहमा भएका धार्मिक तथा पुरातात्वित्क महत्व बोकेका पर्यटकिय स्थलहरुको प्रचार प्रसारसगै युवाहरूलाई खेलकुद मार्फत देवदहको समृद्धिको अभियानमा लाग्न प्रेरित गर्न देवदह म्याराथनको छैठौं संस्करण देवदह म्याराथन २०७९ आयोजना लागिएको क्लबका अध्यक्ष राहुलदेव सापकोटाले बताउनुभयो । उहाँले देवदहमा रहेका पर्यटन स्थलको प्रवर्धनको लागि पूर्वाधार निर्माण तर्फ सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गर्न पनि म्याराथनको आयोजना गरेको जानकारी दिनुभयो ।
आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५ लाख १५ हजार रुपैया खर्च लाग्ने जनाएको छ । त्यस्तै प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय पुरुष र महिलालाई पुरस्कार स्वरुप नगद रु २५ हजार, १५ हजार, १० हजार र साथमा मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको संयोजक विवेक कार्कीले बताउनुभयो।
लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो राहुल देव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दिपेश मल्ल, पुर्व अध्यक्षहरु गोपाल पाण्डे, कमल ज्ञवाली, सन्दिप तिवारी, क्लबका उपाध्यक्ष प्रदिप पाण्डे,सचिब अनिस पोखरेल लगाएत क्लबका सदस्य र पत्रकारहरुको सहभागिता रहेको थियो।
लियो क्लब अफ लर्ड बुद्धले २०७२ साल देखि नै देवदह म्याराथन प्रतियोगिता संचालन गर्दै आइरहेको छ।