बिहीबार, २३ मंसिर २०७८ ०९:५३

विभिन्न सात बिद्यार्थी संगठनहरुले पढ्ने वातावरण मिलाउन भन्दै सरकारलाई बुझाए ज्ञापन पत्र

मंगलवार, १६ कार्तिक २०७८ १५:२१

कार्तिक १६, हेल्लो नेपाल ।

बिभिन्न सात बिद्यार्थी संगठनहरुले कोभिड–१९ महामारीका कारण चीन लगाएतका देशबाट स्वदेश फर्किएका विद्यार्थीलाई पुन सोहि स्थानमा नै गएर पढ्ने वातावरण मिलाउन सरकारसंग माग गरेका छन् ।
नेविसंघ , अखिल क्रान्तिकारी, माधव नेपाल निकट अनेरास्ववियु लगाएतका संगठनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन बुझाउदै कोरोनाका कारण सयौं संख्याका बिद्यार्थी स्वदेश बाध्य भएको र अव पुन चीन लगाएतका अन्य देशमा गएर अध्ययन गर्ने वातावरण मिलाउन माग गरेका हुन् । पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले आग्रह गरेका छन् । ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले उच्च शिक्षा अध्ययनका लागि अभिभावकले गरेको करौडौ लगानी खेर जाने अवस्था रहेको र बिद्यार्थीको भविष्य पनि अन्यौलमा रहेको भन्दै कुटनीतिक पहलमार्फत बिद्यार्थी पठाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
ज्ञापन पत्र बुझदै मन्त्री खड्काले सम्बन्धीत निकायमा यस बिषयमा छलफल सुरु गरिसकेको भन्दै अन्य पहल गर्ने आश्वासन दिनुभयो ।
बिद्यार्थी संगठनहरुले प्राविधिक बिषयहरुको अध्ययन अनलाइनबाट सम्भव नहुने भएकाले बिद्यार्थीहरुको गुनासो छिटो भन्दा छिटो सम्बोधन गर्न मन्त्री खड्काको ध्यानाकर्षण गराएका छन् ।