बुधबार, २१ मंसिर २०७९ १४:३८

सत्तागठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो- छविलाल विश्वकर्मा

बुधबार, १६ कार्तिक २०७९ १०:३९

कार्तिक १६ । सत्तागठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको रुपन्देहीको क्षेत्र नम्वर १, का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले बताउनु भएको छ ।

उहाले सत्तागठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप लगाउनु भयो । देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका नेता विश्वकर्माले राष्ट्रको अहितमा काम गरेका सत्तागबन्धनलाई पराष्ट गर्ने बेला आएकोले कार्यकर्ताहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनु भयो । रुपन्देहीको क्षेत्र नम्वर १, का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको उहाले दावी गर्नु भयो । नेता विश्वकर्माले नेकपा एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका एक अस्पतालको अवधारणा अगाडि सारेको बताउनु भयो ।

उहाले सरकार परिवर्तनका कारण नेकपा एमालेले अगाडि सारेको जेष्ठ नागरिकको भत्ता ५ हजार पु¥याउन नसकिएको बताउनु भयो । उहाले आफुले क्षेत्र नम्वर १, को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारेपनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको बताउनु भयो । उहाले रोहिणी नदीलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिनु भयो । उहाले नागरिकले दिएको सल्लाह, सुझावलाई आत्मसाथ गर्दै आगामी दिन कार्यान्वयन गर्ने बताउनु भयो । सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय अनुसासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भूषालमा राजनीतिक संस्कार नभएको आरोप लगाउनु भयो । उहाले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने बताउनु भयो । उहाले क्षेत्र नम्वर ३, का जनताले तिरस्कार गरेपछि घनश्याम भूषाल १, बाट स्वातन्त्र रुपमा उम्मेदवार बनेको बताउनु भयो । उहाले घनश्याम भूषाल कुनै पनि राजनीतिक दलको उम्मेदवार नभई स्वतन्त्र उम्मेदवार रहेको बताउनु भयो । उहाले रुपन्देहीको क्षेत्र नम्वर १, को अधुरा योजनाहरु सम्पन्न गर्नको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रजापति सापकोटाको अध्यक्षता, राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहका अध्यक्ष माधव रिमालको स्वागत र नारायण ठकुरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।