सियारी गाउँपालिकाको ७ वटै वडामा सर्वसम्मत रुपले अधिवेशन सम्पन्न

कार्तिक ७, हेल्लो नेपाल ।
नेकपा एमाले सियारी गाउँपालिकाको वडा अधिवेसन सफलता पूर्वक सम्पन्न भएको छ । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत मुलुकभर भएको वडास्तरको अधिवेशनमा रुपन्देही जिल्लाको सियारी गाउँपालिकाको ७ वटै वडामा सर्वसम्मत रुपले अधिवेसन सम्पन्न भएको हो । अधिवेशनले वडा नं.१ मा राम बहादुर गुरुङ्ग,वडा नं.नारदमुनि चौधरी,वडा नं.३ मा विष्णु यादव, वडा नं.४ मा रमेश यादव,वडा नं. ५ मा थमन बहादुर पौडेल,वडा नं.६ मा सन्त बहादुर कुँवर र वडा नं.७ मा विनोद शहानीलाई निर्वाचित गरेको नेकपा एमाले सियारी गाउँपालिकाले जनाएको छ ।
