सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली
हेल्लो नेपाल। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा(हुरीको समेत सम्भावना रहेको छ ।
राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हुने सम्भावना रहेको
महाशाखाले जनाएको छ । रहने