शनिबार, ६ बैशाख २०८२ २२:५८

उपत्यकाको विभिन्न स्थानबाट हराएका सवारी सम्बन्धित धनीको जिम्मा लगाइयो

बिहीबार, २७ माघ २०७८ १४:३२

माघ २७, हेल्लो नेपाल ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

बिहीबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताउनुभयो ।

उहाँले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको जानकारी दिनुभयो । मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताउनुभयो ।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये ३०९ वटा मोटरसाईकल फेला पारेको हो । जस मध्ये २४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यस्तै बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाईकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एव कारबाहीको लागी बिभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।