करणी गरेको अभियोगमा रुपन्देहीको देवदहबाट एक जना पुरुष पक्राउ

असोज–१७, हेल्लो नेपाल ।
करणी गरेको अभियोगमा रुपन्देहीको देवदहबाट एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका घर भै देवदह -६ , शिवालय टोल बस्ने ४६ वर्षीय हिमाल खड्का रहेको प्रहरीले जनाएको छ ।
सोही ठाउँको दाउन्ने नजिकै स्थानीय २१ बर्षिया युवतीलाई करणी गरेको अभियोगमा निज खड्कालाई पक्राउ गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।