बुधबार, २६ चैत्र २०८१ १६:५८

गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने-युवा तथा खेलकुद मन्त्री गहतराज

सोमबार, १ कार्तिक २०७८ ०६:३०

कार्तिक १, हेल्लो नेपाल ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गर्नुभएको छ ।

रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसकेपनि आफू निराश नभएको बताउनुभयो ।

आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरुले खेल्ने अपेक्षा समेत गरेको उहाले बताउनुभयो । नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाई थियो । उहाले आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताउनुभयो । आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको उहाको भनाई छ ।

उहाले गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम बढाउने दावी गर्नुभयो ।