छपियाको पब्लिक नमुना मा.वि. का पूर्व विद्यार्थीहरुको बृहत भेला हुने

पुष ७, हेल्लो नेपाल ।
सियारी गाउँपालिका वडा नं.४,छपियामा अवस्थित पब्लिक नमुना मा.वि. का पूर्व विद्यार्थीहरुले पूर्व विद्यार्थीहरुको बृहत भेला आयोजना गर्न लागेको छ । पब्लिक मा.विका पूर्व विद्यार्थी भेला आयोजक समितिले यही पुष १० गतेका दिन उक्त भेला आयोजना गर्न लागेको हो । पब्लिक नमुना मा.वि. का पूर्व विद्यार्थीहरुले एक संस्था स्थापना गर्ने उद्धेश्य सहित आयोजना गरिएको उक्त भेलाले पूर्व विद्यार्थीहरुको पुर्नमिलन तथा भाईचाराको भावना विकास गर्ने जनाएको छ ।
उक्त भेलाले संस्थाको विधान पारित गर्ने,कार्यसमिति गठन गर्ने,छपिया घोषणापत्र जारी गर्ने र स्थानीय कलाकार सहित रास्ट्रीय कलाकार बद्री पंगेनीको विशेष प्रस्तुतिका साथमा सांस्कृतिक कार्यक्रम समेत गर्ने समितिले जनाएको । पब्लिक स्कुलको परिसरमा हुने कार्यक्रम पौष १० गते दिनको १ बजेदेखी सुरु हुनेछ । यस्तै समितिले पूर्व विद्यार्थीहरुलाई पहिलो सत्रका लागी ७.३० बजे उपस्थित हुनको लागी आग्रह गरेको छ । दोस्रो सत्र सङ्घिय सांसद प्रमोद यादव र शिक्षा युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँन को बिशेष उपस्थितिमा मुख्य समारोह सम्पन्न हुने कार्यक्रम रहेको कुरा विद्यालयका सह- प्रधानाध्यापक इन्द्र तिवारीले हेल्लो नेपाललाई जानकारी दिनुभयो ।
