टि.टि.सि. सनाई पि.एल.पि.एल -४ को क्वाटर फाइनलमा प्रवेश

सुवास पुन
लुम्बिनी, २६ फागुन
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ३ को पडरियामा जारी पडरिया लुम्बिनी इण्डो नेपाल क्रीकेट टुर्नामेन्टमा टि.टि.सी.सनाइले विजयनगर स्टार विरुद २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगितामा क्वाटरफाइनलको यात्रा तय गरेको छ। टस हारेर पहिलो ब्याटिङको निमन्त्रणा पाएको विजनगर स्टारले १५ ओभरमा आर सिङ अर्द सतकिय पारिको बलमा ९ विकेट गुमाउदै टि.टि.सि.को सामुन्ने १५४ रनको लक्ष्य खडा गर्न सफल भयो।जसमा विजयनगरका ए खान र सद्दामले क्रमशः आफ्नो टिमको निम्ति १६ बलमा २७ रन र ८ बलमा २४ रनको योगदान दिए। १५४ रनको चुनौती पार गर्न दोस्रो इनिङ्गमा मैदानमा उत्रिएको टि.टि.सि.सनाईले खेलको ३ बल शेष रहदै ८ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सफल भयो। टि.टि.सि.का लागि नितिशले २९ बलमा सर्वाधिक ३९ रन ,राजनले नट आउट रहदै १० बलमा २४ रन र आर मिश्राले ९ बलमा २३ रनको योगदान दिए। बलिङ तर्फ टि.सि.सि.का नितिशले २२ रन खर्चेर ३ ओभरमा ४ विकेट लिए भने विजयनगर स्टारका मुकारमले ३ अभरमा १३ रन खर्चेर ३ विकेट लिन सफल भए । खेलको म्यान अफ दि म्याच पुरस्कार टि.टि.सि.सनाईका नितिशले हात पारे।