प्रथम शुद्धोधन कपको उपाधि ग्राण्ड कास्मोको पोल्टामा

महेन्द्र गौतम, हेल्लो नेपाल ।
शुद्धोधन ग्रामिण क्षेत्रमा खेलकुदको उदाउँदो स्थानको रुपमा पहिचान बनाईरहेको शुध्दाेधन गाउँपालिका ५ बभनीडाँडामा युथ स्टार क्लब द्वारा शुद्धोधन ५ पुरैनी खेलमैदानमा आयोजीत जिल्ला स्तरीय शुध्दाेधन कप नकआउट क्रिकेट प्रतियोगिताकाे उपाधी ग्राण्ड कास्मो लुम्बिनीले हात पारेको छ । सबैलाई सम्मान खेलकुद लाई प्रोत्साहन काे मुल नाराका साथ जिल्लाका १८ वटा क्लबहरु सहभागी रहेको प्रतीयोगितामा आयोजक युथ स्टार क्लबले भने उपबिजेतामा चित्त बुझाएको छ। ग्राण्ड कास्मोले दिएको २१७ रनको टार्गेट पच्छाएको आयोजकले १६ ओभरको समाप्तीमा ६ बिकेट गुमाउदै १९२ रनमा सिमित रहेको थियो ।

कार्यक्रममा ग्राण्ड कास्मोले पचास हजार नगद, शिल्ड र प्रमाणपत्र एवम् युथस्टारले तीस हजार नगद , शिल्ड र प्रमाणपत्र गरेका छन्। क्लबका कार्यवाहक अध्यक्ष सृष्टि गुरुङको अध्यक्षता , शुद्धोधन गापा ५ का बार्ड अध्यक्ष पुण्यराम गौतमको प्रमुख आतीथ्यता, क्लबका प्रमुख सल्लाहकार महेन्द्र गौतम, नागेश्वर टोलबिकाश संस्थाका अध्यक्ष बौद्धलाल शर्मा, स्मृती टोलबिकास संस्थाका अध्यक्ष पुरुषोत्तम गैर्हे लगायतको आतिथ्यता रहेको कार्यक्रमको सह- प्रायोजकमा रहेका शुध्दाेधन गाउँ पालिकाकाे कार्यालय मानपकडी ,वडा नः४काे कार्यालय फर्साटिकर ,वडा न ५काे कार्यालय मानपकडी, वडा न २ काे कार्यालय भुजौली ,खनाल ईट्टा उधोग शुद्धोधन ३ ,शर्मिला इन्टिग्रेटेड एग्रीकल्चर फर्म प्रा.ली. शुद्धोधन १ , इनपुट क्याफे शुद्धोधन ४ रुपन्देही रहेको क्लबका कोषाध्यक्ष रवि अधिकारीले बताए। प्रतियोगितामा २० बलमा ५८ रन ल्याउदै ग्राण्ड कास्मोका दिपु सिँह म्यान अफ द म्याच , ग्राण्ड कास्मोका प्रदिप जयसवाल बेस्ट बलर , युथ स्टारका ईन्तियाम अली ४४ बलमा १०४ रन बनाउदै बेस्ट ब्याट्सम्यान तथा म्यान अफ द सिरिजको उपाधी हात पारे भने बेस्ट किपरको उपाधि युथ स्टारका ईद्रिसले हात पारेका थीए क्लबका सदस्य दिया अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव कमल खरेलले गरेका थिए ।