आईतवार, ७ बैशाख २०८२ ०३:५८

प्रधानन्यायधिशको राजीनामा माग गर्दै हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना

सोमबार, २० मंसिर २०७८ १३:५६

मंसिर २०, हेल्लो नेपाल ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै गएको छ ।

प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना दिदै आएको छ ।

यसअघिको तुलनामा धर्नामा सहभागी हुनेहरुको संख्या पनि घट्दै गएको छ । न्यायधिशहरु पनि नियमित इजलाशमा जान थालेका छन् भने यसअघि आन्दोलनमा सहभागी वकिलहरु पनि बहसमा सहभागी हुन थालेका छन् । नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर सर्वोच्चको गेटमा धर्ना दिइएको बताउनुभयो । उहाले अव बारको आन्दोलनलाई शसक्त बनाउने दावी गर्नुभयो ।

प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।