आईतवार, ७ बैशाख २०८२ ०३:४८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र

बिहीबार, १६ मंसिर २०७८ ०२:४३

मंसिर १ ५, हेल्लो नेपाल ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले ज्ञापन पत्र बुझाएको हो । सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउनुभयो । अहिलेको बिषय न्यायपालीकाको मात्र नभई राज्य प्रणालीसंग सम्बन्धीत बिषय भएको भन्दै उचित तवरले सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । उहाले सभामुख नेपाल फर्केलगतै यस बिषयमा निष्कर्षमा पुग्नेगरि छलफल गर्ने धारणा पनि राख्नुभयो ।

बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।