बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी-ओली

असोज–६,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि भएको आरोप लगाउनुभएको छ । बुधबार बाँकेको नेपालगन्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले जनताको हित बिपरित काम गरेको र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधि भएको आरोप लगाउनुभएको हो ।
उहाले अदालतको परमादेशबाट बनेको सरकारले यसअघिको बिकास आयोजनालाई हटाएको बताउनुभयो । विद्वान व्यक्तिहरुलाई राजदुतावास बाट फिर्ता बोलाउनु, भुमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्नु र पार्टि विभाजनलाई सजिलो बनाउनका लागी अध्यायदेश ल्याउनुले बर्तमान सरकारको नालायकीपन छरपस्ट भएको उहाले बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले जनता आवास अन्र्तगत बनेका १२ हजार घर, एकैदिन शिलान्यास गरिएका ३१ वटा सडक पुल तथा २ सय १० वटा ससडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्र रुपमा अघाडि बढाएको तर्क गर्नुभयो