शनिबार, २१ असार २०८२ ०१:२८

भृकुटी कृषि तथा पशु विकासको साधारण सभा सम्पन्न

आईतवार, २५ पुष २०७८ ०२:४६

तुलसी राम पौडेल , पौष २४

रुपन्देहीको सियारी गाउपालिका -७ स्थित भृकुटी कृषि तथा पशुविकास सहकारी सस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भयो ।साधारण सभाको सियारी -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले कृषि उपज केन्द्र स्थापनाको लागि गाउपालिकाबाट आर्थिक अनुदानको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । साधरण सभामा पुर्व संचालक समितिका पदाधिकारी ,जेष्ठ शेयर सदस्य ,असल कारोबारी लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नारी एकता महिला बचत तथा ॠण सहकारी सस्थाकी अध्यक्ष हुमाकान्ती भुर्तेल , सस्थाका पुर्व अध्यक्ष प्रकाश रेग्मी ,समीप बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष माधव नेपाल ,शुद्दोधन बचत तथा ॠण सहकारीका उपाध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सस्थाका अध्यक्ष अविराम विकको अध्यक्षता, सियारी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङको प्रमुख आतिथ्यता, वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष लक्ष्मी विकको विशिस्ट आतिथ्यता, सस्थाका अध्यक्ष अविराम विकबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष श्रीराम न्यौपानेबाट आर्थिक प्रतिवेदन प्रस्तुत, ,लेखासमिती संयोजक ॠषि न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत, ,सस्थाका उपाध्यक्ष चन्द्रबहादुर जिसीबाट स्वागत मन्तव रहेकोे कार्यक्रमको संचालन सस्थाका सचिव इन्द्रा रानाभाटले गर्नुभएको थियोे ।Ente

Gagal mengambil konten.