राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त घिसिङले लिए पद तथा गोपनियताको सपथ

मंसिर १४, हेल्लो नेपाल ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
मंगलबार खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई सपथ खुवाउनुभएको हो । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो । सपथपछि खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीको मनोबललाई उच्च बनाउने काममा सरकार प्रतिवद्ध रहेको र परिषद्ले पनि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । खेलकुद परिषद्को मुख्य काम नै खेल र खेलाडीको व्यस्थापन रहेको भन्दै उहाले संस्थाभित्र बसेर राजनीति नगर्न आग्रह गर्नुभयो ।
त्यस्तै नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले खेलकुद नियम अनुसार जवाफदेही भएर काम गर्ने र राष्ट्रिय टीम सुधारको प्रयास आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउनुभयो । घिसिङले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प व्यक्त गर्नुभयो ।