शनिबार, २७ बैशाख २०८२ ०८:५६

रुपन्देहीको देवदहमा संयुक्त साहित्यिक संगालो युगीन २ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न

आईतवार, ५ असार २०७९ १४:३३

देवदह । रुपन्देहीको देवदहमा संयुक्त साहित्यिक संगालो युगीन २ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

युगीन साहित्य समाज नेपालको आयोजनामा खैरेनी स्थित पाठक फुड ल्याण्डमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी वरिष्ठ साहित्यकार बनमाली निराकरले मुक्तक वाचन गरि गर्नु भएको थियो । युगीन साहित्य समाज नेपालका अध्यक्ष सुशील सापकोटाको अध्यक्षतामा सम्पन्न युगीन २ विमोचन तथा रचना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार बनमाली निराकारले साहित्यको विकासका लागि युगीनले गरेका साहित्यिक कार्यक्रमहरुको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममै बोल्दै साहित्यकार डा. श्याम न्यौपाने , नमाकान्त पाण्डे , नारायण प्रसाद भण्डारी, युगीन साहित्य समाजका निवर्तमान अध्यक्ष यज्ञ न्यौपाने दिपक , पुर्व अध्यक्ष बिनोद उदय, देवदह नगरपालिका वडा नं ४ का पुर्व अध्यक्ष दिपक चापागाईं, युगीन साहित्य समाजका सल्लाहकार राम ब गुरुङ , सामाजसेवी दिपेश मल्ल लगाएतले कृति बिमोचनमा बोल्दै कार्यक्रम पुर्ण सफलताको सुभकामना व्यक्त गर्दै आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत पर्शुराम ढकाल, अभिषेक तिवारी, गणेश खनाल, पविशा भट्टराई , प्रज्वल दिप, गणेश न्यौपाने , अस्मित रेग्मी, सरोज सर्वाहारा, तिलक अन्जान, शोभराज जैसी लगाएतले आफ्नो रचना वाचन गरेका थिए। कार्यक्रम युगीन साहित्य समाज नेपालका उपाध्यक्ष गणेश न्यौपानेको स्वागत र सचिब बिष्णु विवश पोख्रेलको सञ्चालनमा भएको थियो ।