रुपन्देहीको मोतीपुर क्षेत्रमा स्थानीयबासी र प्रहरी बीच झडप, स्थिति तनावग्रस्त

असोज २३, हेल्लो नेपाल । रुपन्देहीको मोतीपुर क्षेत्रमा स्थानीयबासी र प्रहरी बीच झडप हुदाँ स्थिति तनावग्रस्त बनेको छ ।
मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नेहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

पछिल्लो समय दिनहुँ मोतिपुर क्षेत्रमा जग्गा कब्जा गर्ने क्रम बढेपछि प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरी बीच भएको झडपमा भएको हो । भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली समेत चलाएको छ । झडपमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने केहिलाई प्रहरीले पक्राउ गरेको छ ।