शनिबार, २१ असार २०८२ ०९:१९

रुपन्देहीको शुद्दोधनमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

मंगलवार, २४ फाल्गुन २०७८ १४:३८

फाल्गुन २४, भुजौली

रुपन्देही सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितताको मुल नाराका साथ ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रशिक्षण तथा विविध कार्यक्रम एक समारोह बीच सम्पन्न भएको छ।

शुध्दोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको अध्यक्षता र पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रममा प्रमुख अतिथि चौधरीले पानशमा दिप प्रज्वलन गरी उद्घाटन गर्दै महिला हिंसाको मुख्य कारण शिक्षाको कमी कमजोरी रहेको बताए । कुनैपनि हिंसालाई रोक्न शिक्षाको धेरै आवश्यक रहेको बताउदै महिलाहरूमा पहिलेको भन्दा धेरै सोचहरु परिवर्तन भएको र महिलाहरूको हित र हिम्मत बढाउन गाउँ पालिका र आफू पनि हरपल तैयार हुने प्रतिबद्धता गरे। शुध्दोधन गाउँ पालिका–४ का वडा अध्यक्ष राजेन्द्र कडेँलले महिलाहरूको सक्रियताले नै महिला हिंसा कम हुदै जाने र महिलाका हितमा गाउँपालिकाले धेरै कार्य गरेको बताउदै आमाको नामक अमुल्य गजल समेत पेस गरे।

शुध्दोधन गाउँपालिका ५ का वडा अध्यक्ष पुन्नेराम गौतमले महिला दिवसमा मात्रै होइन ३ सय ६५ दिन नै महिलाहरूको सम्मान हुनुपर्छ र महिला हिंसा महिलाबाटै भएको छ।र त्यसको सुधार गर्नका लागि महिलाहरूले आफैमा ज्ञानको ज्योति ल्याउन आवश्यक रहेको बताउदै नृत्य नाटक गरेका बालबालिकालाई नगद पुरस्कार समेत प्रदान गरे ।

शुध्दोधन गाउँपालिकाको आयोजनामा र सेतो गुराँस बाल विकास सेवा सुआहारा रुपन्देही सुनगाभा सामुदायिक विकास केन्द्र र मानमटेरिया साथी संजाल शुध्दोधन साथी संजालको सहयोगमा भएको कार्यक्रममा नेपाल वार एशोसिएशन सदस्य हेमा न्यौपानेको प्रशिक्षणमा भएको कार्यक्रममा शुआहारा रुपन्देहीका सहजकर्ता रिता भट्टराई, सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल केसी शुध्दोधन साथी संजालका सचिव रामकुमारी चौधरी लगायतले शुभकामना मन्तब्य दिएका थिए। ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न नृत्य सुचना मुलक नाटक कुर्सी दौड लगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम गंगा गंगा गैरेको स्वागत र गाउँपालिकाका प्रशासन शाखाकी लक्ष्मी खत्रीको संचालनमा सम्पन्न भएको थियो।

Gagal mengambil konten.