आईतवार, ७ बैशाख २०८२ ०३:४८

लक्ष्मी पूजाको दिन लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था आउदैन – मन्त्रि घिसिङ

मंगलवार, १६ कार्तिक २०७८ १५:११

कार्तिक १६, हेल्लो नेपाल ।

नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ ।
प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो । मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताउनुभयो । लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने उहाले बताउनुभयो । उहाले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाट माथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जिकिर गर्नुभयो । उहाले अहिले मिटरको सामान, ट्रान्फरमर, तार लगाएतका बस्तुको अभाव भएका कारण थप बिधुतिकरणका साथै मागेकै समयमा मिटर उपलव्ध गराउन नसकिएको बताउनुभयो । त्यस्तै उहाले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिनुभयो । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगाएतका आयोजना बढाउने क्रममा रहेको उहाले बताउनुभयो । उहाले विद्युतको हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रीत रहेको पनि धारणा राख्नुभयो ।