लायन्स क्लव देवदहद्धारा विपन्न परिवारलाई राहात प्रदान

असोज १६, हेल्लो नेपाल ।
विपन्न ज्येष्ठ नागरिक तथा अपांग परिवारलाई लायन्स क्लव अफ देवदहले राहत वितरण गरेको छ । चाडपर्वहरु नजिकिएको अवस्थामा उक्त परिवारले पनि सहज रुपमा चाडपर्व मनाउन सकोस भन्ने उद्देश्यले राहत स्वरुप खाद्यन्न वितरण गरिएको क्लबले जनाएको छ ।
क्लवले देवदह ७ सावित्रीटोल स्थित १०७ वर्षिय ज्येष्ठ नागरि मन बहादुर सार्की र उहाँको पचाँस वर्षिय दृष्टिविहिन छोरीको लागि एक महिनाको लागि पुग्ने गरि खाद्यान्न वितरण गरेको कार्यक्रम संयोजक तथा क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौड
राहात वितरण गर्ने क्रममा बोल्दै क्लवका चार्टर प्रेसिडेन्ट तथा डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन विष्णु प्रसाद पौडेलले राज्यको काममा सहयोग पुग्ने गरि सामाजिक संघ संस्थाले पनि आफ्ना गतिविधिलाई अघि बढाउनु पर्ने बताउनु भयो ।
उहाले क्लवले सन्देशमुलक तरिकाले राज्य लगायत अन्य संघसंस्थाको ध्यानाकर्षण गर्ने गरि राहत वितरण गरेको समेत बताउनुभयो ।
क्लवका अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लव इन्टरनेशनल ३२५बि २ नेपालका डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन विष्णु प्रसाद पौडेल, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन ऋषिराम सापकोटा, पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन गुमानसिं के.सी., क्लवका आईपीपी लायन राम बहादुर गुरुगं, कानुनी सल्लाहकार टिकाराम चापागाई, क्लवका पदाधिारी, सदस्यज्यूहरु, लियो क्लव अफ देवदहका प्रथम उपाध्यक्ष, समाजसेवी बालकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
उक्त परिवार भाद्र १० र ११ गते परेको अविरल वर्षाको कारण प्रभावित हुनुका साथै घरको अवस्था नाजुक रहेको, खानेपानी र बिजुलीको समेत समस्या रहेको र बिहान साँझ दुई छाक खानको लागि समस्या रहेको छ । क्लवले कम्तिमा एक महिनाको लागि पुग्ने गरि खाद्यान्न सामाग्रीहरु प्रदान गरेको छ ।
उक्त कार्यक्रम क्लवका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक लायन कृष्णराज पौडेलको स्वागत र सचिव लायन सिर्जना ओली सापकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।