लुम्बिनी साँस्कृतिक नगरपालिकामा मेयरसँग बालबालिका तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न

लुम्बिनी- लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना र सामुदायिक रेडियो कंचनको सहकार्यमा लुम्बिनी साँ.न.पा. वडा नं.१ खुनगाई अवस्थित बुद्ध आदर्श मा.वि.को प्राङ्गणमा मेयर सँग बालबालिका तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ।लुम्बिनी वरपरका विभिन्न सामुदायिक तथा निजि विद्यालयहरु र मदरसाका गरि करिब २५० विद्यार्थीहरुको उपस्थितिमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले नगर प्रमुख मनमोहन चौधरी समक्ष लुम्बिनी क्षेत्रको शिक्षाको विकास तथा समस्यासँग सम्बन्धित विभित्र प्रश्नहरु तथा सुझाव सल्लाहहरु राखेका थिए।विद्यार्थीहरुको माझबाट उब्जिएका प्रश्नहरुको एक एक गरि जवाफ दिदै नगर प्रमुखले विद्यार्थीहरुले पेश गरेका सल्लाह तथा सुझावहरुलाई पालिकाले पालिकाको शिक्षा शाखा मार्फत कार्यान्वयन गर्दै लैजाने कुरामा जोड दिए।लुम्बिनी भित्र रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारलाई पालिकाले प्राथमिकतामा राख्दै आएको बताउदै विद्यालयहरुमा तत्काल महसुस गरिएका आवश्यकताहरुलाई सम्बोधन गर्न पालिका तत्पर रहेको कुरा पनि जनाए।
उनले भने” लुम्बिनीमा स्पेनको सहयोगमा हामीले महिला अस्पताल बनाउदै छौं र लुम्बिनीमा प्राविधिक शिक्षालय सञ्चालन गर्नको निम्ति आवश्यक गृहकार्य तथा प्रक्रियालाई जोरदार ढंगले अगाडि बढाएका छौं।” कार्यक्रममा लुम्बिनी क्षेत्रबाट विभिन्न शिक्षालयमा अध्ययन गर्दै उत्कृष्ट अंक लिई पहिलो बर्षको प्रवेशिका परिक्षा उतिर्ण हुन सफल लु.साँ.न.पा. वडा नं. १० का अनिल कुर्मीलाई एम.बि.बि.एस. अध्यन छात्रवृत्ति स्वरुप रु.१ लाख,वडा नं.९ का आशिष कुमार वरईलाई बि.इ. अध्यन छात्रवृत्ति स्वरुप रु.१ लाख तथा वडा नं.६ का आदर्श श्रीवास्तवलाई बि.एस्सी.ए.जी. अध्यन छात्रवृत्ति स्वरुप ५० हजारको नगद चेक हस्तान्तरण एवम् सम्मान पनि गरिएको थियो। कार्यक्रममा बुद्ध आदर्श मा.वि.का शिक्षक वृज मोहन मिश्र,मदरसा उमर बिन रक्तावका शिक्षक श्याम पुकार कोंहार,करुणा महिला विद्यालयका प्रअ सुनिल बानिया ,लुम्बिनी नगर शिक्षा समिति सदस्य धुर्वचन्द्र त्रीपाठी लगाएतले आफ्ना भनाइहरु राखेका थिए।कार्यक्रम लुम्बिनी साँ.न.पा.का शिक्षा ,युवा,तथा खेलकुद शाखा प्रमुख लक्ष्मी पराजुलीको अध्यक्षता,नगर प्रमुख मनमोहन चौधरीको प्रमुख आतिथ्यता,नगरका निमित्त प्रमुक प्रशासकीय अधिकृत तथा प्रशासन शाखा प्रमुख रचना गौतमको विशिष्ट आतिथ्यता,बुद्ध आदर्श मा.वि.का शिक्षिका सारदा खनालको स्वागत,हेलो नेपाल मिडियाका संवाददाता सुवास पुनको सहजीकरण र सामुदायिक रेडियो कंचनका समाचार प्रमुख दिनेश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।