शनिबार, ६ बैशाख २०८२ २२:५५

शनिबार ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

शनिबार, १६ आश्विन २०७८ १३:५६

असोज–१५,हेल्लो नेपाल ।
नेपालमा शनिबार थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ९८ पिसिआर परिक्षणका क्रममा ६ सय ५९ जना र २ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८८ हजार ५ सय ४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार १ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६७ हजार ८ सय १९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३९ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।