आईतवार, ७ बैशाख २०८२ ०३:५०

शुक्रबार ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

शुक्रबार, ५ कार्तिक २०७८ १२:५६

कार्तिक–५, हेल्लो नेपाल ।
नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् ।

हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र २ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।