शुद्धोधन-२ मा जातीय विभेद र लैङ्गगिक हिंसा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

शुद्दोधन- समाजमा हुने जातीय विभेद र लैङ्गगिक हिंसा अन्त्यका लागि रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ मा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२१ औँ शताब्दीमा पनि अझै जातीय विभेद उस्तै रहेको भन्दै कार्यक्रम आयोजना गरिएको दलित सिर्जनशील वर्ग उत्थान समितिले जनाएको छ । एमाले पुर्व केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिती प्रमुख एकराज विश्वकर्माले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जातीय विभेद र लैङ्गिक हिंसा अन्त्यका लागि यस्ता सचेतना कार्यक्रमहरु आवश्यक रहेको औल्याउनु भयो । उहाँले समाज परिवर्तन गर्न शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने बताउँदै विश्वकर्माले दलित समुदायको हकहितका लागि दलित समुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवालीले दलितहरुको हकहित र उत्थानका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको बताउँदै गाउँपालिका जातिय विभेद र लैङ्गगिक हिंसा अन्त्यका लागि सदैव तयार गरेको उल्लेख गर्नुभयो ।
शुद्धोधन गाउँपालिका रुपन्देहीको सहयोगमा सम्पन्न भएको कार्यक्रममा इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसिले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले क्षेत्रीय संयोजक नरबहादुर घर्ती,युवा सांघ नेपाल केन्द्रिय सदस्य किरण नेपाल, एमाले नेता तथा वडा न.-५ अध्यक्ष पुण्यराम गौतम लगायतको सहभागिता रहेको थियो । कार्यक्रम आयोजक समिती अध्यक्ष मोतिलाल सुनारको अध्यक्षता ,वडा न.४ वडा सदस्य पुजा दमाईको स्वागत तथा कमिटी अध्यक्ष चद्रबहादुर विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।