श्री जनता आधारभूत विद्यालयको ३४ औं वार्षिक उत्सवमा स्कुल ब्याग वितरण

गैडहवा-
गैडहवा गाँउपालिका वडा नं ८ मैनियामा रहेको श्री जनता आधारभूत विद्यालयको ३४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।सोही अवसरमा वडा नं ८ को कार्यालय द्वारा उक्त विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्यनरत विधार्थीहरुलाई स्कुल ब्याग पनि वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैडहवाका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख माधव राज पौडेलले गापाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार र अभिवृद्धिलाई पहिलो प्राथमिकतामा राखी अगाडि बढिरहेको बताउनुभयो।
श्री जनता आ.वि.मा केही संख्यामा स्थायी शिक्षकहरु नियुक्ति गर्नु पर्ने अवस्था रहेको कुरालाई जोर्दै विविध कारणवश नसकेकोमा दुख व्यक्त गर्नुका साथै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरि विद्यालयमा विधार्थीको संख्या घट्न नदिनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रमका विशिष्ट अतिथी गैडहवा गापा वडा नं ८ का वडा अध्यक्ष भुवन बहादुर राना मगरले आफु निर्वाचित भए देखि प्रतेक बर्ष जनता आ.वि.लाई आवश्यकता हेरी वडा कार्यालयबाट बजेट विनियोजन गर्दै आएको कुरा स्मरण गराउदै यस क्षेत्रका प्रदेश प्रदेश सभा सदस्यले गत बर्ष यश विद्यालयको निम्ति बिनियोजन गरेको रातो पुस्तकमा समाहित १० लाख रकमको योजना अध्यादेश मार्फत खारेज गरेता पनि सोही बराबरको रकम विद्यालयको निम्ति अहिले सम्म बर्तमान प्रदेश सरकारले विनियोजन गर्न नसक्नु दुखको कुरा भएको बताउनुभयो। साथै उहाँले यस बर्षको बार्षिक बजेटबाट विद्यालयको निम्ति १० सेट डेस्क बेन्च र चारकोठे भवनको निम्ति झ्याल ढोका जडानार्थ बजेट विनियोजन गरि काम पनि अगाडि बढिसकेको कुरा पनि बताउनु भयो। विद्यालयका प्रअ सुर्य कुमार रिजाल ले विद्यालयको बार्षिक आय व्यय सार्वजनिक गर्नुका साथै सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरु माझ शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दान बहादुर घर्तीले मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको निम्ति रु ५ लाख विनियोजन भएको कुरा उपस्थित सबैमा जानकारी दिनुभएको थियो।कार्यक्रममा जिल्ला समन्वयन समिती सदस्य ज्ञानु विक,गैडहवा ७ का वरिष्ठ समाजसेवी चन्द्र प्रकाश घर्ती,न्यु एभरेष्ट युवा क्लबका अध्यक्ष पदम बहादुर मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रम विद्यालय व्य.स.का अध्यक्ष दान बहादुर घर्तीको अध्यक्षता ,विद्यालयकि शिक्षिका दुर्गा भण्डारीको स्वागत तथा शिक्षक गणेश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।