शनिबार, ६ बैशाख २०८२ २२:५५

संसदमा छलफल गरेर एमसीसी पारित गर्नुपर्छ-नेपाली कांग्रेस

बिहीबार, २७ माघ २०७८ १३:४१

माघ २७, हेल्लो नेपाल ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले संसदमा छलफल गरेर एमसीसी पारित गर्नुपर्ने जनाएको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई सदनमा छलफल गराएर पारित गर्नुपर्ने जनाएको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई पारित गर्नुपर्ने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महत्तले जानकारी दिनुभयो ।

महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्बाटै टुंग्याउनुपर्ने पनि बताउनुभयो । एमसीसीलाई सदनमा प्रवेश गराएर छलफल गरिए अहिले जनतामा भ्रम र अन्यौल कम हुने उहाले बताउनुभयो । बैठकमा स्थानीय निकायको निर्वाचनमा कांग्रेसलाई शसक्त ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बिषय र भातृ तथा शुभेच्छुकको अधिवेशनका बिषयपनि छलफल भएको उहाले बताउनुभयो । विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने उहाले बताउनुभयो । प्रवक्ता महत्तले गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्ने बेला नभएको जिकिर गर्नुभयो । उहाले १६ जिल्लाको अधिवेशन छिटै गर्ने तयारी भएको जानकारी दिनुभयो ।


त्यस्तै कांग्रेस नेता शंशांक कोईरालाले बैठकमा एमसीसीका बारेमा पूर्व अर्थमन्त्री डा रामशरण महत्तले बिस्तृतमा जानकारी गराउनुभएको र यसलाई छिटो पारित गर्नुपर्नेमा सवैको जोड रहेको बताउनुभयो । एमसीसी नेपालको लागि राम्रो भएको र कुनै सैन्य रणनीति नभएको बिषय जनतालाई बुझाउनुपर्ने उहाको भनाई छ । त्यस्तै कोईरालाले स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

उहाले अहिले आफ्नो अस्तित्व जोगाउनुपर्ने र कोही अर्को पार्टीसँग नमिली (निर्वाचनमा) जानुपर्ने बताएको जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने नेताहरुले जनाएका छन् ।