आईतवार, ७ बैशाख २०८२ ०३:४८

सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकियो

बुधबार, १५ मंसिर २०७८ १०:१०

मंसिर १५, हेल्लो नेपाल ।

सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ ।

नेपालमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका थिए । यसअघि नेपालमा मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त अधिकारको व्यापक दुरुपयोग गरेको गुनासो बढेसँगै सर्वोच्चका न्यायाधीशहरूले पूर्ण बैठक बसी गोलाप्रथा लागू गरेका हुन् ।

यसैबीच प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बारको अगुवाईमा बुधबार पनि सर्वोच्चमा धर्ना दिईएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हरेक दिन १० देखि १२ बजेसम्म आफुहरुको धर्ना हुने भएपनि बिथोल्ने प्रयास भएको बताउनुभयो । आफुहरुको धर्ना समयमा इजलास सुरु नगर्न अदालतको ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।

प्रधानन्यायधिश जवराको राजीनामा माग गर्दै बारले बिभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । प्रधानन्यायधिश भने कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ ।