साविक विजेता मछिन्द्र एफसी त्रिभुवन आर्मी क्लब बराबरी

मंसिर १४, हेल्लो नेपाल ।
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी त्रिभुवन आर्मी क्लब बराबरीमा खेलेका छन् ।
सोमबार भएको खेलमा मछिन्द्र मछिन्द्र एफसी र साविक उपविजेता त्रिभुवन आर्मीले गोलरहित बराबरी खेलेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुबै टोलीले पाएको मौकामा सदुपयोग गर्न सकेनन् । आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टिम गोल गर्न सकेनन् । दशौँ मिनेटमा विशाल राईलाई फउल गरेपछि पाएको फ्रिकिकमा डिफेन्डर ओमिलाजा करिमको प्रहार फ्रेममा पर्न सकेन ।
खेलको २६ औं मिनेटमा मछिन्द्रले गोलको अवसर गुमायो । रञ्जित धिमालको क्रसमा नुर्लान नोभ्रुजोभको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । सोहि रिबाउन्ड बलमा सुनिल बलको प्रहार पनि विकेशले बचाए । त्यसपछि आर्मीका सन्तोष तामाङले गोललाइनबाट बल क्लियर गरेका थिए । आर्मीका कप्तान भरत खवासले ३८ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाटको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो पन्जामा पारे । मछिन्द्रका विशाल राईको कर्नरमा ६६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार फ्रेममा पर्न सकेनन् । यस बराबरीसँगै मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ ले हराएको थियो।
अघिल्लो पटकको लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १–० ले हराएर उपाधि चुमेको थियो । यस अधि भएको खेलमा पनि ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका थिए ।