सियारीमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन ल्याव समाग्री वितरण

फाल्गुन १९, हेल्लो नेपाल ।
रुपन्देहीको सियारी गाउँपालिका अन्तर्गत वडा नं. ३ स्थित हर्नैया स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ गाउँपालिकाले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य सहित उक्त सामग्री वितरण गरेको हो ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनताहरूको सहजताका लागि स्वास्थ्य सेवा सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ३ का लागि बजेट छुट्टाईएर वडा कार्यालय मार्फत हर्नैया स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले जनताको जीवनसँग सरोकार राख्ने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्रभावकारी बनाउन गाउँपालिकाले विशेष प्राथामिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थालाई अझ गुणस्तर प्रदान गर्न स्वास्थ्य सामाग्री वितरण गर्दै गएको जानकारी दिनुभयो ।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले करिब ३ लाख बराबरका स्वास्थ्य सामाग्री ल्यावमा रगत परिक्षण गर्ने अटो एनालाइजर मेसिन एक थान, ल्यापटप एक थान, कार्यक्रम संचालनका लागि प्रोजेक्टर एक थान स्वास्थ्य चौकीलाई वितरण गरिएको जानकारी दिनुभयो ।
यसै गरी कार्यक्रममा बोल्दै वडाध्यक्ष घिसन अहिरले स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परिक्षण र औषधी निशुल्क गरेको बताउँदै गाउँपालिका बासीलाई स्वास्थ्य संस्थामै आफ्नो स्वास्थ्य अवस्था परिक्षण आग्रह गर्नु भयो ।उहाँले जनताको सेवा र सहजताका लागि गाउँपालिकामा नै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको बताउनु भयो ।
सियारी गाउँपालिकामा अन्तर्गत हाल ८ ओटा स्वास्थ्य संस्थाहरु संचालित छन् ।