| सियारी गाउँपालिकामा खेल शिक्षकहरुका लागि ५ दिने खेल सम्बन्धी आधारभूत तालिम शुरु |

फाल्गुन १७, हेल्लों नेपाल ।
रुपन्देहीको सियारी गाउँपालिकामा सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका खेल शिक्षकहरुका लागि ५ दिने खेल सम्बन्धी आधारभूत तालिम शुरु भएको छ ।
खेलकुद विकास समिति सीयारी गाउँपालिकाको आयोजनामा खेल क्षेत्रलाई दिगो बनाउने लक्ष्यका साथ तालिम सञ्चालन भएको हो । समितिका संयोजक प्रकाश रेग्मीले खेलकुदको विकास र उत्थानको लागि तालिम सञ्चालन गरिएको जानकारी दिदै यस्ता खालका तालिमले सियारी गाउँपालिकाको खेल क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने जिकिर गर्नुभयो । हेल्लो नेपालसँग कुरा गर्दै संयोजक रेग्मीले तालिम पश्चात प्रत्येक विद्यालयमा अनुभवी तथा दक्ष खेल शिक्षक उत्पादन हुने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।
यसै गरी तालिमका प्रशिक्षक तुल बहादुर थापाले तालिममा खेलकुदका २ दिन सैद्धान्तिक र ३दिन प्रयोगात्मक आधारभूत पक्षहरुबारे प्रशिक्षण दिइने बताउनु भयो । उहाँले तालिममा राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका खेलहरुलाई विशेष प्राथमिकतामा राखेर तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।
त्यस्तै प्रशिक्षार्थी रामनिवास यादवले यस्ता तालिमले शैक्षिक क्षेत्रको खेल विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आयोजक समिति प्रति आभार प्रकट गर्नुभयो ।
तालिम सियारि गाउँपालिका अन्तर्गत रहेको वडा नं ४ को पब्लिक माविमा फाल्गुन १६ देखि २० गते सम्म संचालन हुने समितिका संयोजक प्रकाश रेग्मीले बताउनु भयो ।