शनिबार, ६ बैशाख २०८२ २२:५५

सोमबार १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि,१० जनाको मृत्यु

सोमबार, १८ आश्विन २०७८ १४:२६

फागुन–१८, हेल्लो नेपाल ।
नेपालमा सोमबार थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ८ सय ९३ पिसिआर परिक्षणका क्रममा ८ सय १२ जना र ४ हजार ९ सय ८१ एन्टीजेन परिक्षणका क्रममा २ सय १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार २ सय ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ७४ संक्रमितको कोरानोका कारण मृत्यु भएको छ । त्यस्तै थप एक हजार संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७० हजार २२४ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा १६ हजार ६ सय ६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।