शुक्रबार, ५ बैशाख २०८२ २३:५३

देवदह नगरपालिका-४ मा नेकपा एमालेको चुनावी प्रचार प्रसार कार्यालय स्थापना

शुक्रबार, १८ चैत्र २०७८ १५:०७

देवदह- नेकपा एमालेले रुपन्देहीको देवदह नगरपालिका–४,भवानीपुरमा चुनावी प्रचार प्रसारका लागी कार्यालय स्थापना गरेको छ ।

एमालेले स्थानीय तहको चुनावलाई थप प्रभावकारी बनाउने लक्ष्य सहित कार्यालय स्थापना गरेको हो । देवदह नगरपालिका–४,भवानीपुरमा कार्यालयको शुभारम्भ गर्दै नेकपा एमाले रुपन्देही जिल्ला सचिब यज्ञ गैरेले परमादेशले बनाएको देउवा नेतृत्वको गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको उल्लेख गर्दै यो सरकार स्वार्थका लागी मात्र बनेको बताउनुभयो ।

उहाँले केपी ओली सरकारले विकास निर्माणका लागी ल्याएको बजेट कटौती गर्नु गलत भएको तर्क गर्नुभयो । कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य ऋषिराम सापकोटा, क्षेत्रीय सह संयोजक प्रकाश अर्याल, देवदह नगर कमिटी अध्यक्ष टिकाराम चापागाईं, देवदह नगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले देवदह नगर कमिटी सदस्य दिपक चापागाईं लगायतले बोल्दै आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

उहाँहरुले जनमुखी विकास निर्माण र समृद्धिका लागी एमालेले खेलेको भुमिका जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २६ जना एमालेमा प्रबेश गरेको नेकपा एमाले देवदह नगरले जनाएको छ।