शनिबार, ६ बैशाख २०८२ २२:१४

मृत्युको मुखबाट फर्के दल बहादुर, सबैको सहयोगले पाए नयाँ जीवन

सोमबार, ३२ श्रावण २०७८ १६:०५

साउन ३२, हेल्लो नेपाल ।
वैदेशिक रोजगारीका लागि कतारमा पुगेका रुपन्देहीको देवदह नगरपालिका–६,सरनवारीका २६ वर्षिय दलबहादुर गाहामगरलाई घर विदामा आएको समयमा टाउको दुख्ने, आँखा हेर्न गाह्रो हुने जस्ता समस्या देखियो । औषधी पसलमा गएर उनले सिटामोल खाए । टाउको दुख्न कम भएन । स्वास्थ्यकर्मिको सिफारीसमा एण्टीवायोटिक्स औषधी सेवन गरे । फेरी पनि उनको समस्या समाधान भएन । बरु थप अप्ठ्यारोहरु बढदै जान थाल्यो ।

अवस्थामा सुधार नभए पछि उनको परिवारले दलबहादुरलाई तिनाउ ईन्टरनेसनल अस्पताल बुटवल लगे । त्यहाँ गरीएको चेकजाँचबाट उनको टाउकोमा ट्युमर पलाएको पत्ता लाग्यो । सामान्य आर्थिक अवस्थाका दलबहादुर  गाहा र उनको परिवार व्रेन ट्युमर भन्ना साथ अतालिन पुगे ।

लाउला–खाउँलाको उमेर,त्यसमाथि मेहनत परिश्रम गरी घर परिवारको लालन–पालन गर्ने दायित्व भएको मान्छे,आफैलाई व्रेन ट्युमर भएको भन्ने जानकारी पाए पछि दलबहादुर स्तव्ध भए । कल्कलाउदो उमेरकी श्रीमति र एक अवोध छोराको अनुहार सम्झेर दलबहादुर भक्कानिए । जीवनको अन्त्य यहि नै रहेछ भनेर उनी वेस्सरी रोए । व्रेन ट्युमरका कारण आफु अव जीवनको अन्तीम घडीमा आई पुगें भन्ने उनलाई महसुस भयो । उनले चारै तिर अन्धकार देखे । उपचार गर्नका लागि पैसा चाहियो । लाखौं रुपिया कसरी पो जोहो गर्न सकिएला र ? उनले आफैले अव म सकिएँ भनेर आश मारे ।

तर उनको पिडालाई नजिकबाट हेरी रहेका छिमेकीहरुले उनको समस्यालाई महसुस गरी रहेका थिए । वावुआमालाई पाल्नु पर्ने, श्रीमति र छोराको भविष्य निर्माण गर्नु पर्ने जिम्मेवारी भएका दलबहादुरलाई यसै मर्न दिनु हुन्न भन्ने अठोट उनीहरुले गरे । त्यस पछि शुरु भयो दलबहादुर वचाँउ अभियान । वुद्ध गाहा,सिवि सुनारी आई.टी ईञ्जीनियर लोकन्द्र जर्घा लगायतको सक्रियतामा दलबहादुर गाहा वचाँउ अभियानले तिव्रता पायो ।

सरनवारीमा रहेको कालिका युवा क्लवका युवाहरुको समेत सक्रियतामा अभियानले गति लिन थाल्यो । नेपालमा मात्रै नभएर विदेशका विभिन्न स्थानमा रहेका नेपालीहरुले दलबहादुर गाहालाई बचाउन आर्थिक सहयोग जुटाउन थाले । भनिन्छ एकले थुकी सुकी,हजारले थुकी नदी , दलहबहादुर गाहाको अपरेसनका लागि कोरीयाबाट अनिला थापाको अगुवाईमा मगर संसार फोटो ग्यालरी फेसवुक ग्रुपले तेश्रो मुलुकका कोरीया,जापान,युरोप अमेरीका लगायतका विभिन्न देशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन ग¥यो । दोहा कतारबाट लिलबहादुर गाहा,साउदी अरव यमबहादुर गाहा,भक्त थापा र जनक थापाले बहराईन तथा फ्रान्सबाट यम आले ले दलबहादुरको उपचारको लागि आर्थिक सहयोग पठाए ।

अभियानका सुत्रधार वुद्ध गाहा भन्छन,वाहिर रहेका सरहनवारीका युवाहरु तथा अन्य मानव सेवा भाव भएका व्यक्तिहरुले आर्थिक सहयोग पठाए पछि दलहबहादुरको टाउकोको अप्रेरसन गरियो । उनले भने, सवैको आर्थिक सहयोग र उनको स्वास्थ्य लाभको कामनाले गर्दा दलबहादुरको अप्रेसन सफल भएको हो ।
दलबहादुरको उपचारमा नेपाल भित्रकै विभिन्न सँघ संस्थाहरुले पनि ठुलो सहयोग गरेका छन् । आईटी ईञ्जीनियर लोकेन्द्र जर्घा भन्छन्,खास गरी मगर समुदायसँग सम्वद्ध सँघ संस्थाको सहयोग वेसी रह्यो ।  शितलनगर मगर समाज देवदह–७ ले स्थानीय रुपमा आर्थिक संकलन गरी गरेको सहयोग हामी भुल्न सक्दैनौं ।

सवैको साथ,सहयोग र कामनाका कारण दलबहादुरले नयाँ जीवन पाएका छन् । वुद्ध गाहा भन्छन,उनको सहयोगमा जुटेका हातहरु सम्मानयोग्य छन । हामी सवैले एकले अर्कालाई सहयोग गर्न सकिएमा हरेक वाधा र अप्ठ्यारालाई पनि सामना गर्न सक्छौं ।