शनिबार, ६ बैशाख २०८२ २२:१५

पुुर्व सैनिकहरु बन्दुक बोक्न मात्रै होईन,सामाजिक अभियानमा पनि उत्तिकै अब्बल

शनिबार, ५ भाद्र २०७८ १६:४९

भदौ ५, हेल्लो नेपाल ।
सैनिक शव्द सुन्ना साथ हामी वन्दुक वोकेर राष्ट्रको सेवा गर्ने वीर योद्धा भन्ने मात्र सम्झन्छौं । तर सैनिक तथा पुर्व सैनिकको परिभाषा त्यतिमा मात्रै सिमित छैन । उनीहरु राष्ट्र सेवा गर्ने काममा मात्रै होईन, आई परे समाजका विभिन्न गतिविधिमा निरन्तर खटिई रहेको पाईन्छ । देवदहमा त उनीहरु सामाजिक कामका लागि संस्था नै निर्माण गरी कृयाशिल रहेका छन् । कसैको घरमा दुख पर्यो, कसैलाई गारो साह्रो र अप्ठयारो पर्यो भने यहाँका पुर्व सैनिकहरु एक जुट भएर समस्या समाधान गर्ने काममा लाग्ने गर्दछन् ।

विगत १८ महिना देखि देखिएको कोरोना भाईरस र त्यसले पारेको असरको समयमा देवदहमा भुतपुर्व सैनिकहरुले ठुलो सामाजिक योगदान दिएका छन् । खान नपुग्ने,असाहय र गरीव दुखिलाई अन्नपात प्रदान गरेर राहत दिन पुर्व सैनिकहरु अगाडि सरेका थिए । स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारीणी परिवार देवदह,रुपन्देही नाम गरेको संस्थाको माध्यमबाट उनीहरुले समाजमा दुख,पाएका,गाह्रो–साह्रो परेकाहरुलाई सहयोग दिदै आएका छन् ।

पछिल्लो समय कोरोना भाइृरसका कारण मानिसहरुमा स्वास्थ्य समस्या बढदै गए पछि हुन सक्ने रगत अभावलाई मध्य नजर गरी सैनिकहरुले देवदहको खैरेनीमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । पुर्व सैनिकहरुको सक्रियतामा भएको रगतदान कार्यक्रममा ६२ प्रिन्ट रगत संकलन भएको सँघका सल्लाहकार कोशबहादुर गुरुङले बताए ।

रगतदान कार्यक्रममा देवदह नगरका नगरप्रमुख,उपप्रमुख, वडा अध्यक्षहरु लगायतका सामाजिक व्यत्तित्वहरुको सहभागिताह रहेको थियो । नियमित रुपमा रगत दान गर्दै आएका रक्तदाताहरुले स्वस्फुर्त रुपमा रगतदान कार्यक्रमा सहभागिता जनाएर कार्यक्रमलाई सफल बनाएको आयोजकले जनाएको छ ।

पत्रकार भिम गुरुङ पुुर्व सैनिकहरुको सामाजिक सक्रियता देखेर उत्साहित भएको बताउँछन्, उनी भन्छन् ,सैनिकहरु वन्दुक वोक्न मात्रै होईन,सामाजिक अभियानमा पनि उत्तिकै अव्वल छन् ।