डुवान प्रभावितको अवस्था बुझ्न प्रभाव क्षेत्रमा प्रदेशसभा सदस्य डा. न्यौपाने
भदौ -१२, हेल्लो नेपाल ।
बाढी प्रभावितहरुको अवस्थाका वारेमा जानकारी लिन प्रदेश सभाका सदस्य डा. कृष्ण न्यौपाने देवदहका विभिन्न स्थानमा पुग्नु भएको छ ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहनु भएका डा. न्यौपानेले देवदह -३ बसन्तपुर र देवदह -२ पेटबनियाका स्थानीयवासी संग भेट गर्दै त्यहाको अवस्थाको वारेमा जानकारी लिनु भएको हो ।
सो अवसरमा बोल्दै उहाले वाढी प्रभावितहरुको राहतका लागि पहल गर्ने बताउदै डुवानको समस्यालाई स्थायी रुपमा समाधान गर्न सम्बन्धित निकायमा प्रकृया अघि बढाउने बताउनु भयो ।
स्थानीयवासीले गरेको गुनासोलाई समाधान गर्न आफू प्रतिवद्ध रहेको वताउदै उहाले फेरि पनि आई पर्न सक्ने वाढीको प्रभावबाट सचेत रहन सवैलाई आग्रह गर्नु भएको थियो ।
डुवान प्रभावित स्थानीयले आफुहरुको समस्यालाई गम्भीरता पुर्वक लिई दिन आग्रह गरेका थिए ।
सो अवसरमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य ऋषिराम सापकोटा, जिल्ला सदस्य झिल्लु प्रसाद न्यौपाने,देवदह -२ का वडा अध्यक्ष धर्मागत पाण्डे , देवदह- ३ का वडा अध्यक्ष वैकुण्ठ कुवर, पार्टीका क्षेत्रीय कमिटी सदस्य गुमान सिह कुवर, नेकपाका नेता अर्जुन रेग्मी लगायतको सहभागिता रहेको थियो ।