शनिबार, ६ बैशाख २०८२ २३:१६

कांग्रेसको १४ औं महाधिवेसनको पूर्वसन्ध्यामा वडा अधिवेसन सुरु

शुक्रबार, १८ भाद्र २०७८ १०:५७

भदौ–१८,हेल्लो नेपाल ।

नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत आजबाट वडा अधिवेसन सुरु भएको छ । क्रियाशिल सदस्यताको विवाद कायमै रहेका जिल्ला बाहेकका अन्य ४५ जिल्लामा वडा अधिवेशन सुरु भएको हो ।

५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न नसकेको जनाइएको छ । कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा भदौ २६ भित्र वडा अधिवेसन टुङ्गो लगाउने बताइएको छ । कांग्रेसका अनुसार २७ भदौमा गाउँ/नगर अधिवेशन सम्पन्न हुनेछ । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था अनुसार वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

त्यसैबीच नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एक भिडियो सन्देश मार्फत वडा महाधिवेसनको सफलताको कामना गर्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गर्नुभयो ।

देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको औल्याउदै सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ्य प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्ने धारणा पनि राख्नुभयो ।