बिहीबार, १८ बैशाख २०८२ ०६:३८

देवदह व्यापार संघको आयोजनामा शुभकामना आदान- प्रदान सम्मान

बुधबार, २७ आश्विन २०७८ १३:५०

असोज २७, हेल्लो नेपाल ।
देवदह व्यापार संघको आयोजनामा शुभकामना आदान-प्रदान कार्यक्रम देवदहको खैरेनीमा सम्पन्न भएको छ । विजया दशमी, दिपावली , नेपाल सम्वत, छठ पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले सरल रुपमा चाडपर्व मनाएर संस्कृतिको संरक्षणमा लाग्न सवैलाई आग्रह गर्नु भयो ।

पछिल्लो समयमा चाडपर्वहरु भडकिलो बन्दै गएको भन्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य न्यौपानेले चाडपर्वलाई गरीव र धनीले समान ढंगले मनाउन सक्ने वातावरणको सृजना गर्नु पर्ने बताउनु भयो ।

संस्कृतिका हरेक पक्षहरुमा हाम्रो मौलिकता जोडिएको हुनाले ती मौलिक परम्परालाई जोगाई राख्नु सवैको दायित्व भएको बताउदै उहाले नयाँ पुस्ता उचित संस्कार हस्तान्तरण गर्न हामी सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।

संघका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार टिकाराम चापागाईं,देवदह नगर कार्यपालिका सदस्य विष्णु पाण्डे,देवदह उद्योग व्यापार संगठनका अध्यक्ष मेघनाथ ढकाल,  देवदह प्रहरी चौकीका प्रमुख गङा बहदुर सारु, माधव ढकाल, राम बहादुर गुरुङ , पिताम्वर खरेल  लगायतले बोल्नु भएको थियो ।