आईतवार, ७ बैशाख २०८२ ०५:२७

जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

शनिबार, ६ कार्तिक २०७८ ०४:०५

कार्तिक ६, हेल्लो नेपाल ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौ महाधिवेशन चितवनमा हुने भएको छ । विहिवार वसेको पार्टी स्थायी कमिटी वैठकले दशौ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

यस अघि पार्टीको दशौ महाधिवेशन बुटवलमा हुने भनिएको थियो । वैठकले महाधिवेशन सम्पन्न गर्न  राम बहादुर थापा बादल संयोजक रहेको २१ सदस्यीय  महाधिवेशन मुल व्यवस्थापन कमिटी  गठन गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत गृहजिल्ला रहेको चितवनमा हुन लागेको महाधिवेशनको मुल व्यवस्थापन समितिको संयोजकका रुपमा बादललाई चयन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।