सियारीमा गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा सम्बन्धि समिक्षा बैठक

तुलसी राम पौडेल
सियारी,मंसिर ६
रुपन्देहीको सियारी गाउपालिकामा गाउपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा दीगोपना कार्यशालाको समिक्षा बैठक सम्पन्न भयो ।

सेतो गुराँस बाल बिकास सेवा रुपन्देही मार्फत संचालित सुहारा कार्यक्रमको प्राविधिक सहयोग ,USAID को आर्थिक सहयोगमा गाउपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा दीगोपना कार्यशालाको समिक्षा बैठक सम्पन्न भएको हो । कार्यक्रममा सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले सियारीमा स्वास्थ्य सम्बन्धि धेरै कार्यहरू सम्पन्न भएको बताउनु भयो ।जगत जननी कार्यक्रम ,सुत्केरीको लागि निशुल्क यातायात ,ल्याब टेस्ट ,विभिन्न भिटामिन युक्त खानेकुराहरु निशुल्क ,मोतिया विन्दु अप्रेसन निशुल्क लगायतका धेरै काममा सियारी गाउपालिका अगाडि रहेकोे अध्यक्ष अयोध्याले बताउनु भयो।

सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले सियारी गाउपालिकामा भएको अहिलेसम्मको विकास गतिविधि बारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्ती लगायत विभिन्न शाखाका प्रमुखहरु ,गाउपालिका अन्तरगतका स्वास्थ्यचौकी प्रमुखहरु ,जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

त्यसै गरि सिनियर संयोजक सुनिल खतिवडा ,प्रदेश कृषि प्राविधिक अर्जुन श्रेष्ठ ,स्वास्थ्य पोषण अधिकृत दुर्गा राना, फिल्ड संयोजक मिनु पुन ,पालिका पोषण सहजकर्ता गिता कुमारी थारु ,सामुदायिक पोषण सहजकर्ता प्रतीक्षा केसी ,अनिता सुनार लगायतको सहभागिता रहेकोे थियोे ।