मंगलवार, १७ असार २०८२ २१:५१

शुद्दोधन गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रम तथा बजेट सार्वजनिक

आईतवार, १३ असार २०७८ ०५:१०


फर्साटिकर, असार १२
रुपन्देही स्थित शुद्दोधन गाउपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रम तथा बजेट बिहीबार सार्वजनिक भएको छ। गाउपालिकाको नवौ गाउसभामा गाउपालिका अध्यक्ष एवं गाउ सभा अध्यक्ष किसुनचन्द चौधरीले आर्थिक वर्ष २०७८/०७९ को निति कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे भने गाउपालिका उपाध्यक्ष एवं बजेट तर्जुमा समिति संयोजक शान्ता ज्ञवालिले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्नुभएको थियो। शुद्दोधन गाउपालिकाको कुल बजेट ५७ करोड ८२ लाख ९५ हजार २ सय ५५ रुपैयाँ विनियोजन गरिएको छ जस अन्तरगत चालु तर्फ १४ करोड ६२ लाख ९९ हजार रुपैया र पुजिगत तर्फ १८ करोड ३९ लाख ९६ हजार २ सय पच्पन्न रुपैया विनियोजन भएको छ। सामाजिक सुरक्षा तर्फ ८ करोड र चालु तर्फ नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारले १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रस्तुत बजेटको आम्दानी स्रोत अन्तरगत गाउपालिकाको आन्तरिक आम्दानी ५ करोड ,संघिय सरकारबाट ३१ करोड ५७ लाख ५० हजार रुपैया ,लुम्बिनी प्रदेश सरकारबाट ३ करोड ५६ लाख ७ हजार रुपैया , संघिय सरकार र लुम्बिनी प्रदेश सरकारबाट राजस्व बाडफाड बापत ८ करोड ९४ लाख ३८ हजार २ सय ५५ रुपैयाँ ,सामाजिक सुरक्षा वापत ८ करोड ,सडक वोर्ड नेपालबाट १० लाख रुपैयाँ ,सूचना प्रविधि अधिकृतहरुको पारिश्रमिक अनुदान ४ लाख ५० हजार रुपैयाँ रहेको छ। बजेटका उद्देश्यहरु कोभिड -१९ बाट नागरिकलाई सुरक्षीत राख्नु,व्यावसायिक कृषि पेशा अवलम्बन गर्दै नागरिकलाई आत्मनिर्भर तर्फ उन्मुख बनाउनु ,गुणस्तरीय शिक्षामा जोड दिने ,स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै लैजानु ,भौतिक पुर्वाधार विकासमा प्राथमिकता दिदै गुणस्तरीय विकास निर्माणमा जोड दिनु ,आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न तर्फ जोड दिनु ,खेलकुद विकासमा जोड दिनु, विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु ,वातावरण संरक्षण र स्वच्छ खानेपानी सरसफाइ सम्बन्धि कार्यान्वयनमा जोड दिनु ,राजस्वका दायराहरु फराकिलो बनाउदै आन्तरिक आयका नया क्षेत्र पहिचान गर्नु ,नागरिकको आयस्तर वृद्धि गर्न विभिन्न किसिमका सिपमुलक र आय आर्जन तालिम संचालन गर्नु लगायतका रहेका छन् ।

गाउ सभामा गाउ सभा अध्यक्ष किसुनचन्द चौधरीले प्रस्तुत निति कार्यक्रम तथा उपाध्यक्ष शान्ता देवि ज्ञवालिले प्रस्तुत गर्नुभएको बजेट प्रति छलफलपछि पारित गर्नको लागि अध्यक्षले पेश गर्नुभएपछि गाउ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।गाउ सभामा प्रस्तुत बजेट प्रति वडा नम्बर ३ का सदस्य मणिप्रसाद खनाल ,वाड नम्बर -४ का सदस्य हेमन थापा ,वाड नम्बर २ का सदस्य उमाकान्त चापगाई ,वाड नम्बर ५ का वडा सदस्य चन्द्रभान चौधरीले टिप्पणी एव सुझाव दिनुभएको थियो ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीको स्वागत मन्तव्य ,वडा नम्बर २ का सदस्य कमल खड्काबाट लेखा समितिको प्रतिवेदन प्रस्तुत रहेको गाउ सभाको संचालन वडा नम्बर ३ का वडा सचिव अग्नि प्रसाद पौडेलले गर्नुभएको थियोे ।

Gagal mengambil konten.