बिहीबार, १२ असार २०८२ ११:५२

सियारीमा महिला स्वयंसेविका आधारभूत तालिम सम्पन्न

आईतवार, २० चैत्र २०७८ १५:५५

सियारी, चैत्र २०

रुपन्देहीको सियारी गाउँपालिकामा नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि १० दिने आधारभूत तालीम समापन भएको छ।स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र सियारी गाउपालिकाको समन्वयमा सियारी गाउपालिका अन्तरगतका २२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको १० दिने आधारभूत तालिम शनिबार सम्पन्न भएकोमा थियो ।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले समापन कार्यक्रमको उदघाटन गर्दै महिला स्वास्थ स्वयं सेविकाको स्वास्थ क्षेत्रमा महत्त्वपूर्ण भुमिका रहने हुदा तालिममा सिकेका कुराहरुलाई व्यबहारमा उतार्नुपर्नेमा जोड दिनु भयो ।

स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै समुदायमा रहेका विशेष गरी महिला र बालबालिकाको स्वास्थ सुधारको लागि महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।कार्यक्रममा तालीमको सहजीकरण हर्नैया स्वास्थ चौकिका प्रमुख प्रेम सुवेदी र स्वास्थ शाखा नर्सिङ निरीक्षक ललिता पुनले गर्नुभएको थियो ।कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीका म. हि . रतनलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Gagal mengambil konten.