शनिबार, ६ बैशाख २०८२ २२:१६

सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त

शुक्रबार, २ बैशाख २०७९ १६:३७

बैशाख २- रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

कोषले गुरुङ लाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी गुरुङ तमु युवा छोज धी, गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष हुनुहुन्छ । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध हुनुहुन्छ ।