मन्त्री हेरेफेर गर्ने तयारीमा नेकपा एकीकृत समाजवादी
जेठ–२२,हेल्लो नेपाल ।
नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी थालेको छ । आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरका बारेमा छलफल गरेको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई रहेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।
उहाले ६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने बिषयमा छलफल भएको बताउनुभयो । पार्टीबाट मन्त्री भएकाहरु र शिर्ष नेताहरुबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उहाको भनाई छ ।
उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सवैले मान्नुपर्ने समेत बताउनुभयो । त्यस्तै उहाले बाम एकता राम्रै कुरा भएको भएपनि इमान्दारी नभए राम्रो प्रष्ट पार्नुभयो । तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दी तर्फ लान नहुने बताउनुभयो । सचिवालय बैठकले पार्टीका सवै कमिटीहरुलाई प्राकृतिक बिपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
समाजवादीले छिट्टै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय परिषद्को बैठक बोलाउने तयारी भइरहेको जनाएको छ ।