शनिबार, ६ बैशाख २०८२ २२:१२

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज

मंगलवार, २४ जेष्ठ २०७९ १४:००

जेठ–२३,हेल्लो नेपाल ।
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाँणले शिक्षा र स्वास्थ्यमा व्यवहारिक नदेखिएकोले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरिएको बताउनुभयो ।

बैठकले विश्व बैंकबाट हरित उत्थनशील समावेशी विकासका लागि हुने सय मिलियन प्राप्त हुने अमेरिकी डलर करिव १२ अर्ब रुपैयाँ सहुलयित पूर्ण ऋण, सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरदविक्रम राणालाई नियुक्त गर्ने गरेको छ भने सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने पनि निर्णय भएको छ ।

त्यस्तै तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद समक्ष पेस गर्न स्वीकृत दिने र हातहतियार खरखजाना ११ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको गृहमन्त्री खाँणले बताउनुभयो ।

बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रकाशचन्द्र गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय भएको उहाले बताउनुभयो ।

बैठकले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ भने गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।