शनिबार, ६ बैशाख २०८२ २२:१२

मुल्यवृद्धि विरुद्ध अनेरास्ववियुद्धारा बुटवलमा प्रदर्शन


असार–६,हेल्लो नेपाल ।

नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्बिका विरुद्ध बुटवल बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा टायर बालेर मुल्यबृद्बिका विरुद्ध प्रर्दशन गरेको हो।

प्रदर्शनमा अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जनताको अभिमतलाई कुच्चेर बनेको गठबन्धन सरकार जनता मारा सरकार भएकोले आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका थिए । उनले मुल्य समायोजनका नाममा भष्ट्रचार र घुसघोरीलाई बढ्वा दिदै सरकारले एक पछि अर्को गर्दै जनताको ढाड सेकिने गरी दैनिक जीवन यापनमा ठुलो मर्का पुर्याउने काम गरेको आरोप लगाएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियु रुपन्देहीका जिल्ला उपाध्यक्ष भरत अर्यालले सरकारले जनतालाई अति नै ढाँड सेक्ने काम पटक पटक गरेको हुँदा अवको आन्दोलन निर्णायक बनाउने बताएका थिए । बिरोध कार्यक्रममा अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष गोबिन्द रिजाल, सचिव कृष्ण पान्डे लगायतले बोलेका थिए ।

सरकारले हिजो साँझदेखि लागु हुने गरी पेट्रोलको नयाँ मुल्य प्रति लिटर १९९ र डिजेल तथा मट्टीतेलको प्रति लिटर १९२ बनाएको छ ।