प्रवासी नेपाली मंच मकाउको अधिवेशन सम्पन्न

भदौ २४
प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न भएको छ। मकाउ सरकारले कोरोना महामारी बिरुद्ध लिएको नितिका कारण अधिवेशन सेमी भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईले प्रवासमा रहने नेपालीहरुले राष्ट्रको समुन्नतिका लागि विभिन्न ढंगले योगदान दिदै आएको बताउनु भयो । प्रमुख अतिथि भट्टराईले नेकपा एमाले राष्ट्र विकासका लागि अगुवाई गर्न सफल पार्टी भएकाले सवै जनताको भावना र चाहाना अनुरुप अघि बढन तयार रहेको बताउनु भयो । कार्यक्रम मा बिशेष अथिति नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश सभा सदस्य हिक्मत कुमार कार्की र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ्ले भर्चुअल आथित्यताका साथै सम्बोधन गर्नुभएको थियो।
उद्घाटन सत्रमा गैर आवसिय नेपाली संघ मकाउका अध्यक्ष राजेश प्रसाई, नेपाली जनसम्पर्क समिती मकाउका सभापति चण्डी कुमार योङ्हाङ, जनप्रगतिशील नेपाली मञ्च मकाउका अध्यक्ष सोनु पन्त, गैरआबसिय नेपाली संघ एसिया प्यासेफिक महिला संयोजक शान्ति देवी अधिकारी, हेल्पिगं ह्याण्ड मकाउका दिपक थापा, प्रवासी नेपाली मन्च मकाउका सल्लाहाकार तथा संगित सर्जक धुर्व प्रसाद अमगाईले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रममा सस्थापक महासचिव उत्तम गुरुङ्ले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो। भने सम्पुर्ण अतिथिहरुलाई कमरेड चिरञ्जिवी पौडेलले मञ्चको तर्फबाट स्वागत गर्नुभएको थियो।
अधिवेशनमा विभिन्न सामाजिक संघ सस्थाका आमन्त्रित प्रतिनिधिहरुका साथै मकाउमा रहनुभएका मञ्चका सदस्यहरु, समर्थक र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। बन्द सत्रमा आर्थिक बिभागको तर्फबाट रामचन्द्र अर्यालले आर्थिक र अध्यक्ष शिव थापाले सांगठनिक प्रतिवेदन प्रतुत गर्नुभएको थियो । अधिवेशनले उत्तम गुरुङ्को अध्यक्षमा नया कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा चिरञ्जिवी पौडेल , सचिव शालिकराम बगाले मगर , सहसचिवमा रामचन्द्र अर्याल र रोजन लामा रहनुभएको छ । त्यसै गरि हर्कजंग गुरुङ् आर्थिक बिभाग प्रमुख रहेको २१ सदस्यिय प्रवासी नेपाली मञ्च मकाउ चयन गरिएको छ। निर्वाचित सम्पुर्ण कार्यसमिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अथिति नेकपा स्थायी कमिटी सदस्य तथा प्रवास कमिटी ईन्चार्ज कमरेड डा. राजन भट्टराईले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियो। अधिवेशन शिव थापाकोअध्यक्षतामा भएको थियो ।