रेप्साद्वारा अन्तरविद्यालय पत्र लेखन,अङ्ग्रेजी वक्तृत्वकला,हस्तलेखन तथा स्मरण शक्ति परिक्षण प्रतियोगिता सम्पन्न

भदौ २६
रुपन्देहीको शुद्धोधनमा अन्तरविद्यालय अङ्ग्रेजी वक्तृत्वकला, पत्र लेखन , हस्तलेखन तथा स्मरण शक्ति परिक्षण प्रतियोगिता सम्पन्न भएको छ । राइजिङ्ग अङ्ग्रेजी निजि विद्यालय एसोसिएसन रेप्सा रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा १२ विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।
कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती,रुपन्देहीका संयोजक उमाकान्त चपागाइले विद्यार्थीहरुको सर्बाङिण विकासका लागि यस्ता कार्यक्रमले योगदान पुग्ने बताउनुभयो । उहाले कार्यक्रमहरुबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

शुद्धोधन २ भुजौली अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा स्मरण शक्ति परिक्षणमा गणेश ज्ञानज्योति पब्लिकका हाइस्कुल विकास पौडेल प्रथम , भुजौली अङ्ग्रेजी माविका सचिन कडेल द्धितिय, ज्ञानपुञ्ज विद्या मन्दिरका मधु थारु तृतिय भएका थिए । त्यसै गरि देवसिद्ध अङ्ग्रेजी माविका कास्वी भाट सान्त्वना भएको रेप्सा रुपन्देहीले जनाएको छ ।
हस्तलेखन तर्फ गणेश ज्ञानज्योति पब्लिकका हाइस्कुल आर्यन चौधरी प्रथम, युनाइटेड अङ्ग्रेजी माविका कृष्ण खनाल द्वितीय ,नेपाल एभरग्रीन पब्लिक अङ्ग्रेजी माविका अलिसा सारु तृतीय र सन्त ज्योति अङ्ग्रेजी माविका सृसा पोखरेल सान्त्वना भएका छन।
पत्र लेखन तर्फ ज्ञानज्योति पब्लिक हाइस्कुलका सबिता थापा प्रथम, ज्ञानपुञ्ज विद्या मन्दिरका राज केवट द्वितीय , सन्त ज्योति अङ्ग्रेजी माविका प्रतिक्षा थारु तृतीय र सान्त्वना तिलोत्तमा अङ्ग्रेजी माविका योजना पल्ली मगर भएका छन ।
यस्तै अर्को विधा अन्तर्गत अङ्गेजी वक्तृत्वकलामा तिलोत्तमा अङ्ग्रेजी माविकी प्रतीक्षा थापा प्रथम, शुद्धोधन अङ्ग्रेजी माविका अजिता कुवर द्वितीय,गणेश प्रतीक्षा कुवर तृतीय र ज्ञानपुञ्ज विद्या मन्दिरका ससन कडेल सान्त्वना भएको कार्यक्रम संयोजक झलक थापाले जानकारी दिनुभयो ।