शेखर, शशांक र सुजाता ‘लञ्च मिटिङ’मा

साउन–२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला लगाएतका नेताबीच छलफल भएको छ । शनिबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा भएको छलफलमा राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको हो । त्यस्तै सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको नेताहरुले जनाएका छन् । छलफलपछि कांग्रेस नेता शेखर कोईरालाले राष्ट्रिय राजनीतिका कुराकानी भएको बताउनुभयो । उहाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने लगाएका बिषयमा कुराकानी भएको पनि बताउनुभयो । राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको बताइएको छ । १४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेद्वार चयनका लागि कांग्रेस नेताहरुबीच छलफल चल्दै आएको छ ।